कृष्णभीरकाे बाटाे यही महिना भित्र बनाइसक्छाैंः प्रधानमन्त्री शाह

Sep 02, 2026 02:30 PM Merolagani



प्रधानमन्त्री बालेन्द्र शाहले पृथ्वी राजमार्गअन्तर्गत  कृष्णभीरमा गएको पहिरो यसै भदौ महिनाभित्र पुनर्निमाण गरी सञ्चालन ल्याउने घोषणा गरेका छन् ।

बुधबार प्रतिनिधि सभा बैठकमा पछिल्लो विपदबारे जानकारी दिँदै उनले यस्तो बताएका हुन् ।

पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर र परेवाभीरमा गएको पहिरोका कारण सडकमार्ग अवरुद्ध भएका छन् । बाढीका कारण सडक भासिएकाले यातायात अवरुद्ध भएको छ ।

कृष्णभीरको सडक पुनर्निमाण भदौ महिनाभित्र नै गरेर सञ्चालन गर्ने प्रधानमन्त्रीको घोषणा थियो ।