सरकार उद्धारकार्यमा असफल भयोः प्रचण्ड

Sep 02, 2026 02:45 PM merolagani



पूर्वप्रधानमन्त्री तथा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले भदौ १० गते आएको बाढीबाट प्रभावित क्षेत्रका स्थानीयको उद्धारमा सरकार असफल भएको बताएका छन् । 

प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले बाढीपछिको उद्धारकार्यमा सरकार असफल भएको जनगुनासो सबैतिर सुनिएको बताए ।

उनले जलविद्युत् आयोजनाको सुरुङमार्गमा फसेका मजदूर तथा कर्मचारीको उद्धार गर्न नसकेको र हात उठाउनुपर्ने अवस्था आएको बताए ।