कम्पनीका संस्थापक शेयरधनी समूहका सञ्चालक कुशल मल्लीले व्यक्तिगत कारण देखाउँदै भाद्र १५ गते पदबाट राजीनामा दिएका थिए। उक्त राजीनामालाई भाद्र १७ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो।
यसैगरी, राष्ट्रिय वाणिज्य बैंकका तर्फबाट सञ्चालकको रूपमा प्रतिनिधित्व गरिरहेकी बैंककी नायब प्रमुख कार्यकारी अधिकृत सरस्वती अधिकारी पनि कम्पनीको सञ्चालक पदमा नरहेकी हुन्। बैंक सेवाबाट असार ३१ गते अनिवार्य अवकाश पाएकाले उनी कम्पनीको सञ्चालकबाट हटेको जानकारी राष्ट्रिय वाणिज्य बैंकले भाद्र १६ गते पठाएको पत्रमार्फत प्राप्त भएको कम्पनीका सचिव हिमाल कोइरालाले जनाएका छन्।