यशोदा फुड्स र श्रीराम टोबाकोद्वारा ३ करोड ५१ लाख सहयोग

Sep 10, 2026 12:40 PM Merolagani



रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि यशोदा फुड्स र श्रीराम टोबाकोले ३ करोड ५१ लाख ५१ हजार रुपैयाँ सहयोग गरेका छन्।

कम्पनीहरूले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन्। सहयोग रकमको चेक यशोदा ग्रुपका अध्यक्ष कमल किशोर मालपानी र चेयरमेन चुन्न प्रसाद शर्माले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका थिए।

यसका साथै कम्पनीले रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावित क्षेत्र तथा आश्रयस्थलमा ३० लाख रुपैयाँ बराबरको ‘करेन्ट’ चाउचाउ पनि वितरण गरेको जनाएको छ।

कम्पनीले आवश्यक परेमा थप चाउचाउ तथा अन्य राहत सामग्री सहयोग गर्न आफूहरू तयार रहेको जनाएको छ।




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।