दीपककुमार साह उद्योग मन्त्रीमा नियुक्त हुँदै

Sep 10, 2026 04:38 PM Merolagani



राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट सुनसरी क्षेत्र नम्बर ४ का सांसद दीपककुमार साह नयाँ उद्योग मन्त्रीमा सिफारिस भएका छन्।

गौरीकुमारी यादवले पदबाट राजीनामा दिएपछि खाली भएको मन्त्रालयको जिम्मेवारी सम्हाल्नका लागि प्रधानमन्त्री बालेन शाहले साहको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेका हुन्। सांसद साहको सिफारिस पत्र राष्ट्रपति कार्यालयमा पठाइसकिएको छ।  उनको पद तथा गोपनीयताको शपथ आजै साढे पाँच बजे हुने भएकाे छ। 

 

 




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।