फेरि प्रधानमन्त्री शाहले उद्यमी तथा व्यवसायीलाई भेट्न थाले, आज चार उद्यमीसँग छलफल गर्दै

Sep 11, 2026 12:16 PM Merolagani



प्रधानमन्त्री वालेन्द्र शाहले फेरि उद्यमी तथा व्यवसायीलाई भेट्न थालेका छन् । आज चार उद्यमीसँग छलफल गर्दैछन् ।

विनोद चौधरी, पवन गोल्यान, उमेश श्रेष्ठ र चन्द्र ढकालसँग छलफल थालेकाे प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारी दिएकाे छ । छलफलमा मुलुकको आर्थिक अवस्था, उद्योग–व्यवसाय सञ्चालनका क्रममा निजी क्षेत्रले भोगिरहेका समस्या, लगानीको वातावरण, रोजगारी सिर्जना तथा आर्थिक गतिविधिलाई थप चलायमान बनाउने उपायबारे छलफल हुने सचिवालयले जनाएको छ । यस अघि पनि प्रधानमन्त्री शाहले उद्यमी तथा व्यवसायीलाई भेटेका थिए ।




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।