सरकार अहंकारी भयो : प्रचण्ड

Sep 12, 2026 10:57 AM Merolagani



नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले समयमै विज्ञ र विदेशी प्राविधिकको सहयोग लिएर उद्धार कार्य अघि नबढाउँदा धेरैको ज्यान बचाउन नसकिएको बताएका छन् ।

शुक्रबार धनुषाको जनकपुरधाममा सञ्चारकर्मीसँग उनले रसुवा, नुवाकोट क्षेत्रमा निम्तिएको विपद् सामान्य बाढी नभई ठूलो हिमाली प्रलयको स्वरूप भएको बताएका हुन् ।

“रसुवा, भोटेकोसी र त्रिशूली क्षेत्रमा आएको भयानक बाढीपहिरोले ठूलो मानवीय र भौतिक क्षति पुर्‍याएको छ, यो सामान्य प्राकृतिक विपत्ति होइन,” उनले भने, “जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएका गम्भीर असरको यो एउटा उदाहरण हो ।”

विपद्बाट भएको मानवीय तथा भौतिक क्षतिले नेपालसँगै विश्वसमुदायलाई समेत स्तब्ध बनाएको उनले उल्लेख गरे । उनले विपद्को प्रारम्भिक चार–पाँच दिनमै विज्ञलाई परिचालन गरेर उद्धार कार्यलाई गम्भीर ढंगले अघि बढाएको भए थप मानिसको ज्यान बचाउन सकिन्थ्यो भने ।

“सरकारको उद्धार कार्य भने प्रभावकारी हुन सकेन । सुरुदेखि नै स्वदेशी तथा विदेशी विज्ञहरूको सहयोग लिएर व्यवस्थित रूपमा उद्धार गरिएको भए अझ धेरै मानिसको ज्यान बचाउन सकिन्थ्यो,” उनले भने, “१०–११ दिनपछि पनि मानिसहरू जीवित फेला परेका छन् । यसबाट उद्धारमा भएको कमजोरी स्पष्ट हुन्छ ।”

विदेशी विज्ञले सहयोग गर्ने इच्छा देखाउँदा पनि सरकारले समयमै उनीहरूलाई ल्याउन पहल नगरी ‘हामी आफैँ गर्छौं’ भन्ने अहंकार प्रदर्शन गरेको उनको आरोप छ । उनले ११ दिनपछि समेत मानिस जीवितै फेला परेको घटनाले समयमै विशेषज्ञको सहयोग लिएको भए अझ धेरैजनालाई बचाउन सकिने अवस्था रहेको पुष्टि गर्ने बताए ।

सरकारले विपद्का बेला नागरिकसँग गरिरहेको व्यवहार समेत अहंकारपूर्ण र मनोगत देखिएको प्रचण्डको टिप्पणी छ । यस्तो कार्यशैलीले सरकारले गम्भीर विषयलाई प्रभावकारी ढंगले सम्हाल्न नसकेको देखिएको उनले बताए ।

“यस्तो संवेदनशील अवस्थामा सरकारले अहंकारपूर्ण होइन, गम्भीर, संवेदनशील र जनउत्तरदायी भएर काम गर्नुपर्छ,” उनले भने, “अझै पनि बेपत्ताको खोजी, पीडितको राहत र पुनर्स्थापनालाई उच्च प्राथमिकता दिन आवश्यक छ ।”

विपद्का कारण हजारौँ मानिस बेपत्ता भएका र ठूलो जनधनको क्षति भएको भन्दै उनले राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग गर्न मधेस प्रदेशका जनतालाई अपिल समेत गरे ।

विपद्लाई जलवायु परिवर्तनसँग जोडेर नेपालले अन्तर्राष्ट्रिय समुदायबाट न्याय र सहयोग प्राप्त गर्नुपर्ने विषयमा समेत उनले जोड दिए ।




मुक्तिनाथ विकास बैंकले जानकी फाइनान्स र सिन्धु विकास बैंकलाई एक्वायर गर्ने

Sep 07, 2026 10:02 AM

मुक्तिनाथ विकास बैंक लिमिटेड (MNBBL) ले जानकी फाइनान्स र सिन्धु विकास बैंकलाई एक्वायर (प्राप्ती) गर्ने भएको छ। भदौ १९ गते बसेको यी बैंकहरुको सञ्चालक समितिको बैठकले सो प्राप्तीको निर्णय गरेको हो।