कृष्णभीरको सडक ‘तीन दिनभित्र सञ्चालनमा ल्याइने’

Sep 12, 2026 02:41 PM Merolagani



रसुवाको भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण सडक भासिएपछि अवरुद्ध भएको चितवनको कृष्णभीरखण्डमा तीन दिनभित्र यातायात सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।

 भासिएको स्थानमा भित्तातर्फबाट नयाँ ट्रयाक निर्माणको काम सम्पन्न भइसकेको नागढुंगा–मुग्लिङ सडक योजना (पश्चिम खण्ड)की प्रमुख सजना अधिकारीले जानकारी दिइन् ।

अहिले नयाँ ट्रयाकलाई ग्रेड डाउन गरी सबग्रेड तयार गर्ने काम भइरहेको छ । आवश्यक उपकरण तथा निर्माण व्यवसायीको टोली परिचालन गरी काम तीव्र गतिमा अघि बढाइएको उनले बताइन् ।

कामको आवश्यकताअनुसार दैनिक उपकरणको संख्या घटबढ हुने गरेको छ । केही दिन १२ वटासम्म उपकरण परिचालन गरिएको थियो । शनिबार कटिङको काम लगभग सकिएपछि ग्रेड सुधारका निम्ति दुई बुलडोजर र दुई एक्साभेटर प्रयोग भइरहेको उनले बताइन् ।

 

ग्रेडको काम सम्पन्न भएपछि रोलर थप गरी रोलिङको काम थालिनेछ । “ग्रेड मिलाइसकेपछि रोलर थपेर रोलिङको काम सुरु गरिनेछ । सबग्रेड तयार भएपछि ग्राभेल बिछ्याउन थप दुई–तीन दिन लाग्ने अनुमान छ,” उनले भनिन्, “त्यसपछि भोलिदेखि दुई–तीन दिनभित्र कृष्णभीर सडकमा यातायात सञ्चालन गर्ने तयारी भइरहेको छ ।”




मुक्तिनाथ विकास बैंकले जानकी फाइनान्स र सिन्धु विकास बैंकलाई एक्वायर गर्ने

Sep 07, 2026 10:02 AM

मुक्तिनाथ विकास बैंक लिमिटेड (MNBBL) ले जानकी फाइनान्स र सिन्धु विकास बैंकलाई एक्वायर (प्राप्ती) गर्ने भएको छ। भदौ १९ गते बसेको यी बैंकहरुको सञ्चालक समितिको बैठकले सो प्राप्तीको निर्णय गरेको हो।