नेपाली सेनाका अनुसार बुधबार गोताखोरसहितको उद्धार टोलीले सुरुङको अन्तिम किनारासम्म खोजी गर्दा तीन जनाको शव फेला पारेको हो। फेला परेका शवमध्ये दुईवटा बाहिर निकालिएको छ भने एक शव निकाल्ने कार्य जारी रहेको सेनाले जनाएको छ।
सेनाले सुरुङभित्र थप खोजी तथा उद्धार कार्य जारी रहेको जनाएको छ। भोटेकोशी नदीमा गत भदौ १० गते आएको बाढीका कारण आयोजनाको सुरुङभित्र केही व्यक्ति फसेका थिए। उनीहरूको खोज तथा उद्धारका लागि स्वदेशी तथा विदेशी उद्धार टोली परिचालन गरिएको थियो।
उद्धार टोली सुरुङसम्म पुग्न चट्टान फोरेर करिब १ हजार ५० मिटर नयाँ बाटो निर्माण गरिएको थियो।