ग्लोबल आइएमई व्यालेन्सड फण्ड–१ को बुक क्लोज असाेज १२ गते

Sep 18, 2026 11:47 AM Merolagani



ग्लोबल आइएमई क्यापिटल लिमिटेडको योजना व्यवस्थापनमा सञ्चालित ग्लोबल आइएमई व्यालेन्सड फण्ड–१ को इकाईधनी दर्ता किताब (बुक क्लोज) मिति तय गरेको छ। फण्डकाे आगामी असोज १२ गते सोमबार एक दिनका लागि बन्द रहने भएको हो।

क्यापिटलले गत आर्थिक वर्षको मुनाफाबाट इकाईधनीहरुलाई १२ प्रतिशत (कर सहित) प्रतिफल वितरण गर्ने घोषणा गरेको थियो। असोज ९ गते शुक्रबारसम्म कायम इकाईधनीले फण्डले वितरण गर्ने प्रतिफल प्राप्त गर्न सक्ने छन्। भदौ २१ गते बसेको सञ्चालक समितिको बैठकले नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।