यो रकम नेपाली रुपैयाँको आधारमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा इक्काइस दशमलव दुई प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षको पहिलो महिनामा विप्रेषण आप्रवाह उनन्तीस दशमलव नौ प्रतिशतले बढेको थियो। यसैगरी, अमेरिकी डलरको आधारमा समीक्षा अवधिमा विप्रेषण आप्रवाह दश दशमलव दुई प्रतिशतले वृद्धि भई एक अर्ब चालीस करोड डलर पुगेको छ। गत वर्ष अमेरिकी डलरमा यस्तो आप्रवाह पच्चीस प्रतिशतले बढेको थियो।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि संस्थागत तथा व्यक्तिगत हिसाबले नयाँ अन्तिम श्रम स्वीकृति लिने नेपालीहरूको सङ्ख्या बयालिस हजार छ सय त्रियानब्बे र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या सत्ताइस हजार सात सय सन्चालिस रहेको छ। यस किसिमको वैदेशिक रोजगारीको गतिशीलता र खुद द्वितीय आय दुई खर्ब २९ अर्ब ९८ करोड रुपैयाँ पुगेको तथ्यले देशको चालु खाता र शोधनान्तर स्थितिलाई समेत सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्याएको देखिन्छ।