बैंकले ‘६ प्रतिशत आरबीबीएल ऋणपत्र २०८९’ नामको ऋणपत्र निष्कासनका लागि विवरणपत्र प्रकाशन गर्ने अनुमति पाएको हो। धितोपत्र बोर्डबाट प्राप्त स्वीकृतिअनुसार बैंकले अंकित मूल्य १ हजार रुपैयाँका दरले कुल ३० लाख कित्ता ऋणपत्र बिक्रीमा ल्याउनेछ। ६ वर्ष अवधिको यस ऋणपत्रमा लगानीकर्ताले वार्षिक ६ प्रतिशत ब्याज पाउनेछन्।
कुल निष्कासित कित्तामध्ये १८ लाख कित्ता (१ अर्ब ८० करोड रुपैयाँ बराबर) व्यक्तिगत तथा संस्थागत लगानीकर्ताका लागि छुट्याइएको छ भने बाँकी १२ लाख कित्ता (१ अर्ब २० करोड रुपैयाँ बराबर) सर्वसाधारणका लागि बिक्री गरिनेछ। नेपाल धितोपत्र बोर्डले २०८३ साल असार २ गते यसको विवरणपत्र प्रकाशनका लागि स्वीकृति प्रदान गरेको हो। ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड छ। बैंकले दीर्घकालीन स्रोत परिचालन गर्ने उद्देश्यका साथ ऋणपत्र जारी गर्न लागेको हो। विद्यमान बजारको निक्षेप तथा कर्जाको ब्याजदरको अवस्था अनुसार प्रतिफलको मूल्यांकन गरेर लगानीकर्ताले यस ऋणपत्रमा आवेदन दिन सक्नेछन्।