कम्पनीकाे साधारण सभाले अार्थिक बर्ष २०८२/८३ काे मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत नगद लाभाँश दिने निर्णय गरेकाे छ । गत बर्ष पनि कम्पनीले १५ प्रतिशत नै लाभाँश बितरण गरेकाे थियाे ।
कम्पनीका प्रवन्ध सन्चालक सीए महेश खनालले साधारण सभाले आफ्ना ग्राहकहरुकाे लागि मार्जिन ल्याण्डिङ कर्जा प्रवाह गर्ने निर्णय गरेकाे जानकारी दिए ।
साे अवसरमा कम्पनीका अध्यक्ष मन बहादुर राईले कम्पनीले व्यापार बिस्तारका लागि थप रणनीतिक याेजनाहरु ल्याउने जानकारी गराए ।
ललितपुरकाे भनिमण्डलमा कार्यालय रहेकाे आकाश भैरव सेक्युरिटजले छाेटाे समयमै नयाँ ब्राेकर कम्पनीहरुबाट राम्राे व्यापार गरिरहेकाे छ।