साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी कम्पनीहरुले घोषणा गरेको बुकक्लोज मिति अघिको अन्तिम कारोबार दिन सकिएसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। यी दुबै कम्पनीहरुले भोली अर्थात असोज ५ गते बुकक्लोज गर्दैछ।
नेप्सेले ग्लोबल आइएमई बैंकको ४ प्रतिशत र नेपाल ल्यूब आयल (NLO) को १५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजपश्चात ग्लोबल आइएमई बैंकको शेयरमूल्य २५० रुपैयाँ ८७ पैसा कायम भएको छ भने नेपाल ल्यूबको २४१ रुपैयाँ २२ पैसा कायम भएको छ।
नेप्सेले गत शुक्रबारको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरुको शेयरमूल्य समायोजन गरेको हो। गत शुक्रबार दोस्रो बजारमा ग्लोबल आइएमईको शेयर प्रतिकित्ता २६० रुपैयाँ ९० पैसा र नेपाल ल्यूबको २७७ रुपैयाँ ४० पैसामा अन्तिम कारोबार भएको थियो।
यही समायोजित मूल्यलाई आधार मानेर भोली दोस्रो बजारमा यी कम्पनीहरुको शेयर कारोबार खुल्नेछ।