प्रधानमन्त्री बालेन त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानबाट त्यसतर्फ प्रस्थान गर्नेछन् ।
नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जान लागेका प्रधानमन्त्री बालेनले न्युयोर्कमा हुने महासभालाई असोज ८ गते सम्बोधन गर्नेछन् । उनले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग साइडलाइन वार्ता गर्ने कार्यक्रम छ ।
प्रतिनिधिमण्डलमा प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार, प्रमुख स्वकीय सचिव सुवास शर्मा, निजी सचिव प्रदीप परियार, फोटोग्राफर विनय शाक्यलगायत छन् ।
राष्ट्रसंघीय महासभामा सहभागी भएर प्रधानमन्त्री बालेन असोज १० मा स्वदेश फर्कने कार्यक्रम छ । यसअघि परराष्ट्रमन्त्री शिशिर खनाल नेतृत्वको टोली न्युयोर्क पुगिसकेको छ ।
बालेनको प्रधानमन्त्री भएपछि यो पहिलो विदेश भ्रमण हो ।