प्रहरीका अनुसार कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत चालकको सोमबार राति नै मृत्यु भएको हो। अस्पतालका अनुसार आगलागीमा उनको शरीरको करिब ९० प्रतिशत भाग जलेको थियो।
घाइते चालकलाई सोमबार दिउँसो करिब १ बजे अस्पताल पुर्याइएको थियो।
सोमबार मध्याह्न त्रिपुरेश्वरचोकको बस स्टपमा रिद्धिसिद्धि यातायातको बा५ख ४२७४ नम्बरको बसमा आगलागी भएको थियो।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार चालक आफैँले बसमा आगो लगाएको आशंका गरिएको छ। घटना हुनुअघि चालकको ट्राफिक प्रहरीसँग विवाद भएको बताइएको छ।
घटनाको थप अनुसन्धान तथा वास्तविक कारण पत्ता लगाउन छानबिन समिति गठन भइसकेको प्रहरीले जनाएको छ।