नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका–४, बसपार्कबाट नियन्त्रित लागूऔषधसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा नवलपरासी पूर्व गैंडाकोट नगरपालिका–५ ओमशान्तिटोलका ३५ वर्षीय ओमकार चालिसे रहेका छन्।
इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरीले सोमबार बिहान चालिसेलाई ट्रामाडोल ३५ ट्याब्लेट, एनारगन ३५ ट्याब्लेट र नाइट्राजेपाम १६ ट्याब्लेटसहित पक्राउ गरेको हो।
यस्तै, सुर्खेतको सिम्ता गाउँपालिका–६ स्थित जामुने बजारबाट १ सय २० ग्राम गाँजासहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सल्यानको बनगाड कुपिण्डे नगरपालिका–७ मैदुपोखराका १८ वर्षीय किशोरसहित दुई जना रहेका छन्।
इलाका प्रहरी कार्यालय बादेपिपलबाट खटिएको प्रहरीले आइतबार साँझ कर्णाली प्रदेश ०२–००१ प १५२० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई गाँजासहित पक्राउ गरेको प्रहरीले जनाएको छ।दुवै घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।