Tue, Sep 22, 2026
त्रिपुरेश्वरमा बसभित्र आत्मदाह गरेका युवकको वास्तविक पहिचान खुलेको छ।
उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ का करिब २२ वर्षीय अर्जुन दोङ रहेको पुष्टि भएको हो। यसअघि प्रहरीले उनलाई दावा लामा भनेर सार्वजनिक गरेको थियो।
आत्मदाहपछि गम्भीर घाइते भएका दोङको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा गएराति मृत्यु भएको प्रहरीले जनाएको छ।
दोङका दुई श्रीमती र एक छोरा छन्। बाबु नभएका उनी सात दाजुभाइमध्ये कान्छा हुन्। घटनापछि उनका परिवारका सदस्य काठमाडौं आएर बर्न अस्पताल पुगेका छन्। अहिले अस्पताल परिसरबाहिर अर्जुनलाई न्याय माग्दै परिवार, आफन्त तथा यातायात व्यवसायीले प्रदर्शन गरिरहेका छन्। उनको शव भने अस्पतालबाट निकालिएको छैन।
दोङका दुई श्रीमती र एक छोरा छन्। बाबु नभएका उनी सात दाजुभाइमध्ये कान्छा हुन्। घटनापछि उनका परिवारका सदस्य काठमाडौं आएर बर्न अस्पताल पुगेका छन्।
अहिले अस्पताल परिसरबाहिर अर्जुनलाई न्याय माग्दै परिवार, आफन्त तथा यातायात व्यवसायीले प्रदर्शन गरिरहेका छन्। उनको शव भने अस्पतालबाट निकालिएको छैन।
असोज ५ गते, सोमबार, नेपाली शेयरबजार बन्द रहने भएको छ।