भोलि नेप्से बन्द हुने, अब १२ गते सोमबार मात्रै खुल्ने

Sep 24, 2026 04:27 PM Merolagani



भोलि शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शेयर कारोबार बन्द हुने भएको छ। सरकारले इन्द्र जात्रा पर्वको अवसरमा काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएकाले शेयर बजार पनि बन्द रहने भएको हो।

नेप्से बन्द भएसँगै अब आगामी असोज १२ गते सोमबार मात्रै नियमित शेयर कारोबार खुला हुनेछ।यसअघि साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ११.७७ अंकले बढेर २६२९.८१ विन्दुमा पुगेर बन्द भएको छ।