पृथ्वी राजमार्गको कृष्णभीरसहित सात ठाउँमा पहिरो

Sep 25, 2026 09:06 AM Merolagani



लगातारको वर्षाका कारण पृथ्वी राजमार्गको सात ठाउँमा पहिरो खसेको छ। सात ठाउँमध्ये दुई स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध छ भने अन्य ठाउँमा राजमार्ग एकतर्फी रहेको छ।

कृष्णभीरमा रातिदेखि नै पहिरो र ढुंगा खसेको थियो। सडकमा खसेको पहिरो पन्छाउने काम भए पनि थप वर्षाका कारण प्रभावित भएको छ। त्यहाँ तलबाट समेत सडक भासिन थालेको बताइएको छ।

पृथ्वी राजमार्गको कृष्णभिर, परेवाभिर, ज्यामिरेघाट, जहरे, जवाङखोला, तिगराङ खोला र कमेरेभिरमा पहिरो खसेको छ।

यसैबीच जिल्ला प्रशासन कार्यालय धादिङले शुक्रबार बिहान विज्ञप्ति जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि राजमार्गमा सवारीसाधनको आवागमनमा पूर्ण रोक लगाएको छ।