कान्तिलोकपथ सडकखण्ड अन्तर्गत ललितपुरको बागमती गाउँपालिका–३ पाँचधुरे, पयाङधुर र टिकाभैरवमा पहिरो खसेकाे हाे। पहिरो खसेकाले दुवैतर्फबाट सवारी साधनको आवतजावत ठप्प बनेको छ।
सडक विभाग र स्थानीय प्रहरीको टोली पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउन खटिसकेको छ।
मकवानपुरतर्फको कान्तिलोकपथ सडकखण्ड भने हालसम्म कुनै अवरोध नरहेको बताइएकाे छ।