कम्पनीले ‘ड्राइभ मोर, सेलिब्रेट मोर’ अफरअन्तर्गत एमजीका विभिन्न मोडल खरिदमा ३ लाख रुपैयाँसम्म बचत गर्न सकिने जनाएको छ ।

असोज ६ गतेदेखि छठ पर्वसम्म लागू हुने योजनाअन्तर्गत ग्राहकले निःशुल्क अटो प्लस इन्स्योरेन्स, निःशुल्क सडक कर, ईजी एक्सचेन्ज र ईजी फाइनान्सजस्ता सुविधा पाउनेछन् ।
अफरमा एमजी एचएस पीएचईभीरएचईभी, एमजी यू९ ईभी, एमजी आईएम६, एमजीएस६ ईभी, एमजीएस५ ईभी र एमजी४ लगायतका मोडल समावेश छन् ।
कम्पनीका अनुसार एमजीएस६ ईभीमा १८० किलोवाटको मोटर, रियर ह्विल ड्राइभ ९आरडब्लूडी०, इन्डिपेन्डेन्ट रियर सस्पेन्सन र एकपटकको चार्जमा ५३० किलोमिटरसम्मको रेन्ज रहेको छ । त्यस्तै, एमजीएस५ ईभी ४३।९९ लाख रुपैयाँदेखि उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
चाडपर्वको समयमा नयाँ विद्युतीय तथा हाइब्रिड गाडी खरिद गर्न चाहने ग्राहकलाई लक्षित गरी अफर ल्याइएको कम्पनीको भनाइ छ । अफर र उपलब्ध मोडल तथा सुविधाबारे थप जानकारीका लागि ग्राहकले नजिकैको एमजी शोरुममा सम्पर्क गर्न सक्नेछन् ।