व्यवसायी दुर्गा प्रसाईं पक्राउ

Sep 28, 2026 12:35 PM Merolagani



व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन् । नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले सोमबार बिहान भक्तपुरस्थित निवासबाट उनलाई पक्राउ गरेको हो ।

साइबर ब्युराेकाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद रचना खतिवडाले दिएको उजुरीका आधारमा प्रसाईंलाई नियन्त्रणमा लिइएको हो ।

प्रसाईंले सामाजिक सञ्जालमार्फत सांसद खतिवडाका छोराको मृत्युलाई जोडेर आपत्तिजनक तथा अपमानजनक अभिव्यक्ति दिएको आरोप छ । उक्त अभिव्यक्तिप्रति सांसद खतिवडाले प्रतिनिधिसभा बैठकमै आपत्ति जनाउँदै प्रसाईंमाथि कारबाहीको माग गरेकी थिइन् ।

प्रसाईंमाथि यसअघि पनि विभिन्न आरोपमा पक्राउ तथा कानुनी कारबाही हुँदै आएको छ ।




तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Sep 28, 2026 08:58 AM

असोज १२ गते, सोमबार, तीन कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक (SHINE), सर्वोत्तम पेन्ट्स र अरुण भ्याली हाइड्रोपावर कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।