नेपाल विद्युत् प्राधिकरणका अनुसार, बाढीका कारण अवरुद्ध भएको उक्त जलविद्युत् केन्द्र मर्मतपछि सोमबार सञ्चालनमा आउन लागेको हो ।
कालीगण्डकी जलविद्युत् केन्द्रबाट उत्पादित बिजुलीले पश्चिम नेपाल र समग्र देशकै विद्युत् आपूर्ति व्यवस्थापनमा महत्त्वपूर्ण बन्दै आएको छ ।