सोमबार प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।
पछिल्ला दिनमा बाढी र पहिरोका कारण जलविद्युत् आयोजनाहरुमा क्षति पुगेर विद्युत् आपूर्ति असहज भइरहेका बेला उनले आगामी चाडपर्वमा विद्युत् आपूर्ति नियमित हुने बताए । ‘चाडपर्वका बेला पनि हामीले निरन्तर विद्युत् आपूर्ति प्रदान गछौं । त्यसमा पनि भरपर्दो र गुणस्तरीय बिजुली दिने मेरो कार्यकालको प्रतिवद्धता छ,’ उनले भने
उनकाअनुसार, चाडपर्वका बेला देशभरको कुल विद्युत माग २२०० मेगावाटसम्म रहने अनुमान रहेको छ ।