सानिमा बैंकमा नयाँ सञ्चालक र नेशनल लघुवित्तमा सञ्चालक परिवर्तन

Sep 29, 2026 11:16 AM Merolagani



नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत विभिन्न कम्पनीहरूले साधारणसभाको निर्णय तथा सञ्चालक नियुक्ति सम्बन्धी महत्त्वपूर्ण निर्णयहरू सार्वजनिक गरेका छन्।

सानिमा बैंकको २२औँ साधारणसभा सम्पन्न: दुई सञ्चालक निर्विरोध, लेखापरीक्षक पनि नियुक्त

सानिमा बैंक लिमिटेडको २२औँ वार्षिक साधारणसभा मिति २०८३ असोज १२ गते सम्पन्न भएको छ।

उक्त साधारणसभाबाट बैंकको सर्वसाधारण सेयरधनी समूह (समूह ‘ख’) का तर्फबाट आगामी ४ (चार) वर्षका लागि निम्न दुई जना सञ्चालक पदमा निर्विरोध निर्वाचित भएका छन्:

  1. महेश घिमिरे

  2. तेज बहादुर चन्द

साथै, उक्त साधारणसभाले आर्थिक वर्ष २०८३/८४ को बाह्य लेखापरीक्षण गर्नका लागि एस.ए.आर. एसोसिएट्स चार्टर्ड एकाउन्टेन्ट्स (S.A.R. Associates Chartered Accountants, काठमाडौँ) लाई बाह्य लेखापरीक्षकमा नियुक्त गरेको छ।

नेशनल लघुवित्तको सञ्चालकमा प्रमोद आचार्य नियुक्त

नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक पदमा प्रमोद आचार्य नियुक्त भएका छन्।

यस संस्थाको प्रमुख संस्थापक सेयरधनी नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडबाट प्रतिनिधित्व गर्दै आउनुभएका सञ्चालक रविन सिजापती उक्त बैंकबाट अलग भएपछि रिक्त रहेको सञ्चालक पदमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले प्रमोद आचार्यलाई मनोनयन गरेको थियो।

उक्त मनोनयनअनुसार नेशनल लघुवित्तको मिति २०८३ असोज १२ गते बसेको २१४औँ सञ्चालक समितिको बैठकले आचार्यलाई सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको संस्थाले जनाएको छ।




तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Sep 28, 2026 08:58 AM

असोज १२ गते, सोमबार, तीन कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक (SHINE), सर्वोत्तम पेन्ट्स र अरुण भ्याली हाइड्रोपावर कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।