प्रि ओपन सेसन अपडेटः करिब ७ अंक घट्यो नेप्से

Oct 02, 2026 10:52 AM Merolagani



साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ७ अंक घटेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात बिहीबार ०.२६ अंक घटेर २५९९.१५ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ६.८९ अंक घटेर २५९२.२६ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.५२ अंक बढेको छ।

शुक्रबार प्रि ओपन सेसनमा ७३ स्टकको १२३ पटकको कारोबारमा ५६ लाख ३१ हजार ३५४ रुपैयाँ ७० पैसाबराबरको २३ हजार ३०८ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २० स्टकको मूल्य बढेको छ भने ४४ स्टकको मूल्य घटेको छ। बाँकी ९ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।