कियाका कारमा ९५ हजार भारतीय रुपैयाँसम्म छुट, कतिमा किन्न पाइन्छ ?

Oct 04, 2026 03:41 PM Merolagani



कियाले भारतमा अक्टोबर २०२६ का लागि आफ्ना विभिन्न मोडलमा आकर्षक छुट तथा सुविधा सार्वजनिक गरेको छ।

कम्पनीले नगद छुट, एक्सचेन्ज बोनस, स्क्र्यापेज योजना, लोयल्टी बेनिफिट र कर्पोरेट अफरमार्फत ग्राहकलाई सुविधा दिएको हो।

किया करेन्स क्लाभिसको पेट्रोल तथा डिजेल संस्करणमा अधिकतम ९५ हजार भारतीय रुपैयाँसम्मको लाभ लिन सकिनेछ। यसमा १० हजार नगद छुट, ३० हजार एक्सचेन्ज बोनस, २० हजार स्क्र्यापेज बेनिफिट, २० हजार लोयल्टी बेनिफिट र १५ हजार रुपैयाँसम्मको कर्पोरेट अफर समावेश छ। सीएनजी भेरियन्टमा भने कुनै छुट छैन।

त्यस्तै, करेन्स क्लाभिस ईभीमा अधिकतम ७५ हजार भारतीय रुपैयाँसम्मको लाभ उपलब्ध छ। यसमा २० हजार एक्सचेन्ज, २० हजार स्क्र्यापेज, २० हजार लोयल्टी र १५ हजार रुपैयाँसम्मको कर्पोरेट बेनिफिट रहेको छ। ईभीमा नगद छुट भने छैन।

करेन्स क्लाभिसका पेट्रोल तथा डिजेल संस्करणमा १।५ लिटरका विभिन्न इन्जिन विकल्प छन्। टर्बो पेट्रोल इन्जिनले १६० बीएचपी र २५३ एनएम टर्क तथा डिजेल इन्जिनले ११६ बीएचपी र १५० एनएम टर्क उत्पादन गर्छ।

करेन्स क्लाभिस ईभीमा ४२ किलोवाटआवर र ५१.४ किलोवाटआवरका दुई ब्याट्री विकल्प छन्। यी ब्याट्रीले क्रमशः ४०४ किलोमिटर र ४९० किलोमिटरसम्मको एआरएआई दाबी गरिएको रेन्ज दिन्छन्। ईभीमा ७.४ किलोवाट र ११ किलोवाट एसी चार्जर तथा १०० किलोवाटसम्मको डीसी फास्ट चार्जिङ सपोर्ट उपलब्ध छ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।