कम्पनीले ग्रान्ड आई१० निओस, आई२०, अउरा, भर्ना, एक्स्टर, भेन्यू, क्रेटा, क्रेटा एन लाइन, क्रेटा इलेक्ट्रिक र अल्काजारमा नगद छुट, एक्सचेन्ज तथा स्क्र्यापेज बोनस, अपग्रेड बेनिफिट र नवरात्रि बुकिङ अफर दिएको हो।

सबैभन्दा बढी छुट क्रेटा एन लाइनमा १.२५ लाख भारतीय रुपैयाँसम्म रहेको छ। यसमा नगद छुट, एक्सचेन्ज बेनिफिट, स्क्र्यापेज बोनस, अपग्रेड अफर, नवरात्रि बुकिङ बोनस र ग्रामीण ग्राहकका लागि थप सुविधा समावेश छन्।
त्यस्तै, नियमित क्रेटामा भेरियन्टअनुसार १।१५ लाख रुपैयाँसम्म छुट उपलब्ध छ। क्रेटा इलेक्ट्रिकमा पनि भेरियन्टअनुसार ५० हजारदेखि ६५ हजार रुपैयाँसम्मका विभिन्न बेनिफिट दिइएको छ।
क्रेटा पेट्रोल र डिजेलमा १।५ लिटरका इन्जिन विकल्प उपलब्ध छन् भने क्रेटा एन लाइनमा १.५ लिटर टर्बो पेट्रोल इन्जिनले १६० पीएस पावर र २५३ एनएम टर्क उत्पादन गर्छ। क्रेटा इलेक्ट्रिकमा ४२ र ५१.४ किलोवाट–घण्टाका ब्याट्री विकल्प छन्, जसले क्रमशः ३९० र ४७३ किलोमिटरसम्मको दाबी गरिएको रेन्ज प्रदान गर्छन्।