कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित

Oct 13, 2026 04:55 PM Merolagani



नेपाली कांग्रेसको सहमहामन्त्री पदमा रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित भएका छन्।

 

काठमाडौंको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी मतगणना सम्पन्न भएसँगै खतिवडा र शिवाकोटी निर्वाचित भएका हुन्। यद्यपि, निर्वाचन समितिले उनीहरूको विजयको औपचारिक घोषणा गर्न भने बाँकी छ।

यसअघि सहमहामन्त्री पदमा जीवनबहादुर शाही पिछडिएको क्षेत्रबाट निर्वाचित भइसकेका छन्। कांग्रेसको १५औँ महाधिवेशनबाट पार्टीको विधानअनुसार विभिन्न समावेशी समूहसहित ११ जना सहमहामन्त्री निर्वाचित हुने व्यवस्था छ।