हेटौँडा–सिस्नेरी–फर्पिङ सडकमा टाइम कार्ड लागू, कुन खण्डलाई कति समय ?

Oct 15, 2026 03:06 PM Merolagani



हेटौँडा–सिस्नेरी–फर्पिङ सडकमा प्रहरीले टाइम कार्ड लागू गरेको छ । 

सडक दुर्घटना न्यूनीकरण तथा सवारी आवागमनलाई व्यवस्थित बनाउने उद्देश्यले विभिन्न सडकखण्ड पार गर्न निश्चित समय निर्धारण गरिएको हो ।

 

प्रहरीले लागू गरेको टाइम कार्डअनुसार हेटौँडादेखि भैँसेसम्मको सडकखण्ड पार गर्न २५ मिनेट, भैँसेदेखि भीमफेदीसम्म ३० मिनेट र भीमफेदीदेखि कुलेखानीसम्म ४० मिनेट समय निर्धारण गरिएको छ । त्यस्तै, कुलेखानीदेखि फर्पिङसम्मको सडकखण्ड पार गर्न ४५ मिनेट समय तोकिएको छ ।

कुन खण्डलाई कति समय ?

हेटौँडा–भैँसे  २५ मिनेट

भैँसे–भीमफेदी  ३० मिनेट

भीमफेदी–कुलेखानी  ४० मिनेट

कुलेखानी–फर्पिङ ४५ मिनेट




माउन्टेन इनर्जीको लाभांश घोषणा, साधारण सभा कहिले?

Oct 13, 2026 10:19 AM

माउन्टेन इनर्जी नेपाल लिमिटेड (MEN) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।