कम्पनीले सेबोनबाट अनुमति पाएमा हाल कायम सेयरधनीलाई १ः०.९१३ अनुपातमा हकप्रद सेयर जारी गर्नेछ। यसअनुसार कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ५२ लाख ५० हजार कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो।
कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा रिलायबल इन्भेस्टमेन्ट एन्ड मर्चेन्ट क्यापिटल लिमिटेड रहेको छ।