विगतमा नोक्सानीमा रहेको कम्पनीले समीक्षा अवधिमा घाटालाई पूर्णरूपमा पन्छाउँदै १ करोड ५७ लाख ९१ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा कम्पनी ४ करोड ११ लाख ६७ हजार रुपैयाँ खुद नोक्सानीमा रहेको थियो।
विद्युत् बिक्रीबाट हुने आम्दानीमा भएको तीव्र वृद्धि र वित्तीय खर्चमा आएको कमीले कम्पनीलाई नाफामा फर्काउन मुख्य भूमिका खेलेको छ।
समीक्षा अवधिमा कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी ३७.८८ प्रतिशतले बढेर १४ करोड ९७ लाख ६३ हजार रुपैयाँ पुगेको छ, जुन गत वर्षको सोही अवधिमा १० करोड ८६ लाख १७ हजार रुपैयाँ मात्र रहेको थियो।
लोअर मोदी हाइड्रोइलेक्ट्रिक प्रोजेक्टले नेपाल विद्युत् प्राधिकरणको निर्देशनअनुसार सफलतापूर्वक विद्युत् उत्पादन तथा आपूर्ति गरिरहेका कारण आम्दानीमा वृद्धि देखिएको हो।
आम्दानी बढेसँगै कम्पनीको सञ्चालन मुनाफा बढेर १३ करोड १२ लाख ३६ हजार रुपैयाँ पुगेको छ। यसै अवधिमा कम्पनीको वित्तीय खर्च घटेर ४ कराेड ८४ लाख रुपैयाँमा सीमित भएको छ, जसले ऋणको दबाब घट्दै जाँदा खुद नाफालाई सीधा टेवा पुगेको स्पष्ट पार्छ।
कम्पनीको चुक्ता पूँजी २ अर्ब ९० करोड रुपैयाँ रहेको छ भने जगेडा तथा कोष १ अर्ब १९ करोड ६७ लाख रुपैयाँ ऋणात्मक छ।
वित्तीय परिसूचकहरूका आधारमा कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी गत वर्षको ५ रुपैयाँ ६८ पैसा ऋणात्मकबाट सुध्रिएर २ रुपैयाँ १८ पैसा धनात्मक बनेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ ५८ रुपैयाँ ७३ पैसा रहेको छ।
