आयल निगमले राख्यो इन्धनको मूल्य यथावत, पाक्षिक १ अर्ब ६२ करोड घाटा

Nov 17, 2026 06:31 AM Merolagani



नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य हाललाई यथावत राख्ने निर्णय गरेको छ। इन्डियन आयल कर्पोरेसनबाट कात्तिक २९ गते नयाँ खरिद मूल्य प्राप्त भए तापनि आसन्न चाडपर्व तथा आम उपभोक्ताको हितलाई मध्यनजर गर्दै साबिककै मूल्यलाई निरन्तरता दिइएको निगमले जनाएको छ

निगमले कात्तिक ३० गते सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै विगत केही महिनादेखि मध्यपूर्वमा जारी रहेको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा उतारचढाव भइरहेकाले स्वचालित मूल्य प्रणालीबमोजिम मूल्य समायोजन हुन नसकेको स्पष्ट पारेको छ।

निगमका अनुसार पहिलो वर्गअन्तर्गत पर्ने चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा पेट्रोल तथा डिजेल/मट्टितेल दुवैको खुद्रा बिक्री मूल्य प्रतिलिटर १९७ रुपैयाँ ५० पैसा कायम गरिएको छ। त्यस्तै, दोस्रो वर्गअन्तर्गतका सुर्खेत र दाङमा पेट्रोल र डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर १९९ रुपैयाँ तोकिएको छ। तेस्रो वर्गअन्तर्गत पर्ने काठमाडौँ, पोखरा र दिपायलमा भने पेट्रोल तथा डिजेल/मट्टितेल दुवैको खुद्रा बिक्री मूल्य प्रतिलिटर २०० रुपैयाँ यथावत राखिएको छ।

पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य नबढाई यथावत राख्दा निगमलाई हालको स्थितिमा पाक्षिक रूपमा करिब १ अर्ब ६२ करोड ७७ लाख रुपैयाँ घाटा हुने देखिएको विज्ञप्तिमा उल्लेख छ।




पूँजीबजार र अर्थतन्त्र सुधार्ने ‘अध्यादेश’: ५० प्रतिशत प्रगति भएका हाइड्रोलाई आईपीओ, ३० दिनमा हकप्रद र कर परीक्षण हदम्याद २ वर्ष

Nov 15, 2026 06:06 AM

सरकारले पूँजीबजार, लगानी प्रवर्द्धन, कर प्रशासन र पूर्वाधार विकासमा देखिएको कानुनी तथा प्रक्रियागत जटिलता अन्त्य गर्न एकैपटक ५९ वटा ऐन संशोधन गर्ने गरी बृहत् अध्यादेशको प्रारम्भिक मस्यौदा तयार पारेको छ।