प्राधिकरणको अनुमतिपत्र व्यवस्थापन शाखाले सोमबार (२०८१ मंसिर ३ गते) एक सार्वजनिक सूचना जारी गर्दै तोकिएको म्यादभित्र बक्यौता रकम नबुझाए अनुमतिपत्र (लाइसेन्स) खारेजी प्रक्रिया अघि बढाउने चेतावनी दिएको हो।
प्राधिकरणका अनुसार ती सेवा प्रदायकहरूले नेपाल सरकार तथा प्राधिकरणलाई नियमानुसार तिर्नुपर्ने रोयल्टी, ग्रामीण दूरसञ्चार विकास कोष रकम र त्यसमा लाग्ने थप दस्तुर तथा जरिवाना लामो समयदेखि बुझाएका छैनन्। बक्यौता रकम नबुझाएकै कारण उनीहरूको अनुमतिपत्रसमेत नवीकरण हुन सकेको छैन।
सूचनामा भनिएको छ, "तोकिएको समयावधिभित्र तिर्नु/बुझाउनुपर्ने बक्यौता रकम चुक्ता नगरेमा निज सेवा प्रदायकहरूको अनुमतिपत्र दूरसञ्चार ऐन, २०५३ को दफा २८ बमोजिम खारेजी प्रक्रिया अगाडि बढाइने र बाँकी बक्यौता रकम प्रचलित कानुन बमोजिम असुल गरिनेछ।"
यसैबीच, प्राधिकरणले आम उपभोक्तालाई सचेत गराउँदै अनुमतिपत्र नवीकरण भएका सेवा प्रदायकहरूबाट मात्र दूरसञ्चार तथा इन्टरनेट सेवा खरिद गर्न र प्रयोग गर्न समेत आग्रह गरेको छ।
बक्यौता नबुझाउने २० सेवा प्रदायकहरूको सूची:
प्राधिकरणको कारबाही सूचीमा परेका कम्पनीहरूमा देशका ठूला तथा पुराना इन्टरनेट सेवा प्रदायकहरू समेत रहेका छन्:
१. एलिशा कम्युनिकेसन लिंक प्रा.लि. (बछौली, चितवन)
२. एरोनेट प्रा.लि. (त्रिपुरेश्वर, काठमाडौँ)
३. ब्रोडलिङ्क नेटवर्क एन्ड कम्युनिकेसन लिमिटेड (सानेपा, ललितपुर)
४. क्लासिक टेक प्रा.लि. (नयाँ बानेश्वर, काठमाडौँ)
५. कम्युनिकेसन एन्ड कम्युनिकेट नेपाल प्रा.लि. (जावलाखेल, ललितपुर)
६. एभरेष्ट वायरलेस नेटवर्क प्रा.लि. (नारायण नगरपालिका, दैलेख)
७. जी.आर.एस. लिङ्क इन्टरनेट सर्भिस प्रा.लि. (व्यास नगरपालिका, तनहुँ)
८. आई. जोन प्रा.लि. (उर्लाबारी, मोरङ)
९. कालिका नेट प्रा.लि. (चापाकोट, स्याङ्जा)
१०. खप्तड नेट प्रा.लि. (मंगलसेन, अछाम)
११. कनेक्ट नेपाल नेटवर्क्स प्रा.लि. (थसिखेल, ललितपुर)
१२. मर्कन्टाइल कम्युनिकेसन प्रा.लि. (दरबारमार्ग, काठमाडौँ)
१३. नेक्स्ट गिकर्स प्रा.लि. (काठमाडौँ-२९)
१४. नुम्बुर नेटवर्क प्रा.लि. (काठमाडौँ-७)
१५. पोखरा इन्टरनेट प्रा.लि. (गैरापाटन, पोखरा)
१६. सांग्रिला इन्फर्मेटिक्स प्रा.लि. (अनामनगर, काठमाडौँ)
१७. सुपर सीतापाइला केबल नेट प्रा.लि. (नागार्जुन, काठमाडौँ)
१८. टेकमाइन्ड्स नेटवर्क लिमिटेड (भरतपुर, चितवन)
१९. अल्ट्रानेट कम्युनिकेसन प्रा.लि. (बनेपा, काभ्रेपलाञ्चोक)
२०. वेब सर्फर नेपाल कम्युनिकेसन्स सिस्टम प्रा.लि. (धुम्बाराही, काठमाडौँ)