केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उहाँविरुद्ध पक्राउ पुर्जी जारी गरेको जनाएको छ ।
प्रहरी स्रोतका अनुसार प्रकरणमा संलग्नता देखिएपछि अर्यालविरुद्ध पक्राउ पुर्जी जारी गरिएको हो । अनुसन्धान अघि बढेसँगै उहाँ सम्पर्कविहीन रहेको र हाल फरार रहेको स्रोतको दाबी छ ।
यस प्रकरणमा सीआईबीले बुधबार दुई पूर्वमन्त्रीसहित ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पूर्वश्रममन्त्री शेरबहादुर कुँवर र रामेश्वर राय, तत्कालीन श्रम सचिव विनोद केसी, महाशाखा प्रमुख उमेश ढुंगाना र राजीव पोखरेल तथा तत्कालीन कानुन अधिकृत निर्मला गुरुङ छन् ।
मलेसिया रोजगारीका नाममा श्रमिकमाथि भएको ठगी प्रकरणमा सीआईबीले थप अनुसन्धान गरिरहेको छ ।