बिहीवार बोर्डको कार्यालयमा आयोजित छलफल कार्यक्रममा बोल्दै राष्ट्रिय दुग्ध विकास बोर्डका निमित्त कार्यकारी निर्देशक डा. बालक चौधरीले यस्तो बताएका हुन् । दूधको मूल्य समायोजन कृषकको लागि समेत संवेदनशील विषय भएको भन्दै उनले उत्पादन लागत, ढुवानी खर्चको समेत अध्ययन गरेर दुधको मूल्य पुनरावलोकन हुनुपर्ने बताए । उनले भारतमा दूधको मूल्य, किसानको लागत र ढुवानी खर्चको समेत अध्ययन नगरीकन हचुवाको भरमा दूधको मूल्य प्रश्ताव गर्न नसकिने समेत बताए । उनले दूधको मूल्य निर्धारणका लागि संरचनागत अवधारणा तयार उल्लेख गर्दै सरोकारवालाबाट प्राप्त सुझावलाई समेत त्यसमा समेटेर कृषि मन्त्रालयमा प्रतिवेदन बुझाउने बताए। उनले दुग्ध क्षेत्रका विद्यमान समस्या समाधानका लागि तत्काल गर्नुपर्ने काम र दीर्घकालीन रूपमा कानुनी व्यवस्था गर्नुपर्ने विषय छुट्याएर अघि बढ्नुपर्ने आवश्यकता रहेको समेत बताए ।
उनले भने, ‘दुग्ध क्षेत्र अत्यन्तै संवेदनशील क्षेत्र हो । यसमा धेरै समस्याहरु रहेका छन् । दूधको मूल्य बढ्नु पर्दछ । तर हामीले यसको लागि दूध उत्पादनदेखि ढुवानीसम्मको सबै कुराको अध्ययन गरेर मात्र बढ्नुपर्छ । हामीले दुग्ध किसानको मागअनुसार दूधको मूल्य पुनरावलोकनको लागि लागि परेका पनि छौँ । तर अहिलेसम्म पनि काम भएको छ त्यो अवधारणामा मात्र भउको छ । हामीले नेपालमा दूधको मूल्य पुनरावलोकन गर्दा भारतमा समेत फरक पर्ने भएको कारणले त्यहाँको बजार भाउको समेत अध्ययन गर्नुपर्ने हुन्छ । यसका लागि कानूनी प्रक्रियाहरु समेत अपनाउनुपर्छ । केही कुरामा ल्याकिङ छ । त्यो एनेसँग बाधौँ । त्यसकारण अब दुग्ध व्यवसायलाई शुरुको चरणमा मात्र वर्षौँदेखि रहेको हुनाले अब यसलाई विकासको चरणमा प्रवेश गराउनुपर्छ । यहाँ आज आएका सबै सुझावसहित हामी मन्त्रालयमा प्रतिवेदन पठाउँछौँ ।’
दूधको मूल्य विगत तीन वर्षदेखि स्थीर रहेको भन्दै किसानले मूल्य पुनरावलोकन गर्न माग गर्दै आएका छन् ।