लुम्बिनीसँगको हल्ला चलाएर बिजनेस युनिभर्सले रोज्यो अर्कै बाटो

Nov 18, 2015 Mero Lagani



लुम्बिनी बैंकसँग मर्जरको चर्चा चलेको बिजनेस युनिभर्सल डेभलपमेन्ट बैंक अन्तत् फेवा विकास बैंकसँग एक आपसमा गाभिने भएको छ । यी सस्थाबीच मंगलबार मर्जर सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो । मर्जरको सम्झौता पश्चात दुवै संस्थाको बुधबारबाट नेप्सेमा कारोबार समेत रोक्का भएको छ ।

 

सम्झौता पत्रमा बिजनेस युनिभर्सल डेभलपमेन्टका तर्फबाट संचालक एवं मर्जर समितिका संयोजक दिनेश शंकर पालिखे र फेवा विकास बैंकका तर्फबाट संचालक एवं मर्जर समितिका संयोजक विन्दुु कुमार थापाले हस्ताक्षर गरेका छन् ।
यी दुई सस्था आगामी चैत मसान्तसम्म गाभिसक्ने तथा आगामी बैशाखबाट एकिकृत कारोबार थाल्ने तयारी छ । मर्जको सैद्धान्तिक सहमतिका लागि संयुक्त रुपमा नेपाल राष्ट्र बैंकमा बुधबार नै निवेदन दिइएको छ ।

दुई सस्था गाभिएपछि चुक्ता पुँजी १ अर्व ७५ करोड ९ लाख रुपैयाँ हुनेछ । त्यस्तै असोज मसान्त सम्म निक्षेप १६ अर्ब ४३ करोड र कर्जा लगानी १४ अर्व ५ करोड रुपैयाँ छ भने कुल सम्पत्ति २० अर्ब रुपैयाँ छ । दुई वटै सस्थाको गरी शाखा कार्यालय ४० वटा छन् । त्यस्तै एटिएम २४ वटा छन् ।

चुक्ता पूँजी बृद्धि गर्ने राष्ट्र बैंकको नीति अनुसार मर्जमा जान लागेको दुई संस्थाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सबल र सक्षम वित्तीय संस्थाको रुपमा आफ्नो कारोबारलाई थप व्यवसायीक र गुुणस्तरिय सेवा प्रदान गर्ने लक्ष्य सहित मर्जमा जान लागेको जनाइएको छ । यसअधि विजनेश युनिर्भशल डेभलपमेन्ट बैंक लुम्बिनी बैंकसँग गाभिने चर्चा चलेको थियो ।

..................................................................................................................................................................

तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक र ट्वीटर मार्फत पनि पाउन सक्नुहुन्छ ।

 




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।