मेरोलगानी अब एप्पल डिभाइसमा पनि, शेयरबजार सम्बन्धि सम्पुर्ण जानकारी अब एक क्लिकमा !

Jan 29, 2016 Mero Lagani



मेरोलगानी डटकमले आप्ना पाठक तथा शेयर बजारका लगानीकर्ताहरुलाई लिक्षत गर्दै एप्पलको एप्स स्टोरमा आफ्नो मोवाइल एप अपलोड गरेको छ । यस अघि एण्ड्रेइड मोवाइलका प्रयोगकर्तालाई शेयर बजारका सम्बन्धमा जानकार गराउने जमर्को गरिसकेको मेरो लगानीले अब स्मार्टफोन प्रयोग गर्ने अधिकांससम्म पुग्न एप्पल स्टोरमा एप्स थप गरेको हो ।

तपाईको आइफोनमा एप्पस स्टोर खोली मेरो लगानी सर्च गरेर सजिलै मेरोलगानीको एप्स राखेर प्रयोग गर्न सक्नु हुन्छ । आइप्याडका प्रयोगकर्ताले पनि मेरोलगानीको एप्प्स प्रयोग गर्न सक्नु हुनेछ । एप्स इन्स्टल गर्न आइप्याडका प्रयोगकर्ताले एप्स स्टोर खोली इन्स्टल एप्स फर आइफोन अनली अप्सनमा क्लि गर्नुपर्ने हुन्छ । तपाईको एप्पल डिभाइसमा मेरो लगानी इन्स्टल गर्न यहाँ क्लिक गर्नु होस्

एण्ड्रोइड मोवाइलका प्रयोगकर्ताले मेरोलगानीका प्रत्येक अबर अनि बजारमा सुचिकृत कम्पनीहरुका बारेमा अधिक जानकारी लिनका लागि यहाँ क्लिक गर्नु होस् । मेरोलगानीले शेयरबजार सम्बन्धि समाचार प्रदान गर्नुका साथै शेयर बजारका सबै घटनाहरुलाई अनाउन्समेण्ट सेगमेन्ट मार्फत पाठकहरुसम्म पुर्याउने छ ।

त्यसै गरि सुचिकृत कम्पनीको शेयर मुल्य, नेप्सेमा भएको कारोबारको लाइभ ट्रेडिंग, बोनस शेयर बारे जानकारी, कारोबार रकमको बिस्तृत विबरण, कम्पनीसंग सम्बन्धित समाचार बेग्लाबेग्लै रुपमा एक क्लिकमा पाउनु हुने छ ।

सुचिकृत कम्पनीका सम्बन्धमा प्रकाशित समाचार, अनाउन्समेण्ट, प्राइस हिस्ट्री लगायतका जानकारीका लागि एप्स्को सर्च अप्सनमा गएर नेप्सेमा हुने कारोबार संकेत राखि सर्च गर्नुहोस अनि एक क्लिकमा तपाईले चाहेको कम्पनीको पुर्ण जानकारी पाउनु होस् ।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।