मर्जर सकाएका प्रभु र ग्राण्ड बैंकको वित्तीय अवस्थामा यस्तो उथल पुथल

Feb 10, 2016 Mero Lagani

१ वर्ष लगाएर मर्जर प्रकृयालाई निष्कर्षमा पुर्याएका प्रभु र ग्राण्ड बैंकको वित्तीय विबरणमा उथलपुथल देखिएको छ । चालु आर्थिक वर्षको दास्रो त्रैमासको वित्तीय विबरणमा ग्राण्ड बैंकले नाफा मात्र बढाएको छ भने प्रभुको नाफामा गिरावट आउँदा खराब कर्जामा भने सुधार देखिएको छ । शुक्रबारदेखि एकिकृत कारोबार सुरु गर्ने तयारीमा रहेको अवस्थामा ग्राण्ड बैंकले अन्तिम पटक आफ्नो वित्तीय विबरण सार्वजनिक गरेको हो ।

समस्याग्रस्त अवस्थाबाट गुज्रिरहेको ग्राण्ड बैंकलाई प्रभुले आफुमा विलय गरे पश्चात दुवै बैंकले एकै दिन चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विबरण प्रकाशित गरेका हुन् । ग्राण्ड बैंकले प्रकाशित गरेको यो वित्तीय विबरण नै अन्तिम वित्तीय विबरण हुनेछ ।

गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा प्रभु बैंकको खुद नाफामा गिरावट आएको छ भने ग्राण्ड बैंकको खुद नाफामा बढोत्तरी भएको छ । प्रभुले पुस मसान्तसम्ममा ४० करोड ५६ लाख ४४ हजार रुपैंया खुद नाफा कमाएको छ । जबकी गत आर्थिक वर्षको सोही अवधिमा उसले ५४ करोड २ लाख ११ हजार रुपैंया खुद नाफा कमाएको थियो । समिक्षा अवधिमा बैंकको खुद नाफामा साढे १३ करोड रुपैंयाभन्दा बढीको गिरावट आएको हो ।

उता ग्राण्ड बैंकले भने चालु आर्थिक वर्षको दास्रो त्रैमासमा गत आर्थिक वर्षको नोक्सानलाई नाफामा परिणत गरेको छ ।

गत आर्थिक वर्षको दोस्रो त्रैमासमा ग्राण्डले १३ करोड ८६ लाख ८४ हजार रुपैंया नोक्सान व्यहोरेकोमा यस पटक १४ करोड ९१ लाख ३६ हजार रुपैंया खुद नाफा कमाएको छ ।

ग्राण्डका अन्य सुचांकहरु भने नकरात्मक अवस्थामा रहेका छन् । प्रभु बैैकमा विलय भए पश्चात यसले प्रभु बैंकको अहिलेको वित्तीय अवस्थालाई सुधार गर्न थप चुनौतीको सामना गर्नुपर्ने देखिएको छ ।
समिक्षा अवधिमा प्रभु बैंकले निक्षेप संकलन ३३ अर्ब १६ करोड रुपैंयाबाट बढेर ४७ अर्ब ९८ करोड रुपैंया पुर्याएको छ भने ग्राण्डले ६ महिनामा १ अर्ब १० करोड रुपैंया निक्षेप संकलन गरेको छ ।

प्रभु बैंकले २७ अर्ब २० करोड रुपैंया कर्जा प्रवाहलाई बिस्तार गरि ३१ अर्ब ७९ करोड रुपैंया पुर्याएको छ भने ग्राण्डको कर्जा प्रवाह ११ अर्ब ८५ करोड रुपैंयाबाट घटेर ८ अर्ब ३४ करोड रुपैंयामा झरेको छ । ग्राण्ड बैंकले कर्जा प्रवाहलाई नियन्त्रण गरेको भए पनि उसको खराब कर्जा अनुपात भने गत आर्थिक वर्षको ६ महिनाको अवधिको २६ दशमलव ६१ प्रतिशतबाट बढेर ३४ दशमलव ५३ प्रतिशतमा पुगेको छ । उता प्रभु बैंकको खराब कर्जा अनुपात गत आर्थिक वर्षको दास्रो त्रैमासमा १० दशमलव ८६ प्रतिशत रहेकोमा यस पटक ५ दशमलव ५३ प्रतिशतमा झरेको छ ।

पुस मसान्तसम्ममा प्रभु बैंकले २६ करोड ३३ लाख ४ हजार रुपैंया राइट व्याक गर्दा प्रोभिजन फण्ड ५ करोड ३७ लाख रुपैंयाले नकरात्मक बनेको छ भने ग्राण्डले पनि ३६ करोड ४ लाख ९६ हजार रुपैंया राइट व्याक गर्दा उसको प्रोभिजन फण्ड ११ करोड ५० लाख रुपैंयाको बनेको छ ।

व्याज आम्दानीमा प्रभुले ६९ करोड १३ लाख रुपैंयालाई बढाएर ७० करोड ७३ लाख रुपैंया बनाएको छ भने ग्राण्डको १३ करोड ७१ लाख रुपैंया घटेर यस पटक ८ करोड रुपैंयामा झरेको छ । गत आर्थिक वर्षमा १५ करोड २६ लाख रुपैंया सञ्चालन नोक्सानी व्यहोरेको प्रभुले यस पटक ३१ करोड ९८ लाख रुपैंया सञ्चालन मुनाफा कमाएको छ । उता ग्राण्डले सञ्चालन नोक्सानको मात्रा ३३ करोड ४० लाख रुपैंयाबाट १२ करोड ८३ लाख रुपैंयामा झारेको छ ।

समिक्षा अवधिमा प्रभु बैंकको पूँजीकोष अनुपात ११ दशमलव १४ प्रतिशतबाट १० दशमलव ५५ प्रतिशतमा आर्लिएको छ भने ग्राण्डको अवस्था झनै दयनिय बनेको छ । ग्राण्डको पूँजीकोष अनुपात गत आर्थिक वर्षको दास्रो त्रैमासमा ७ दशमलव ७६ प्रतिशत रहेकोमा यस पटक घटेर २ प्रतिशतले नकरात्मक बनेको छ ।

प्रभुको चुक्ता पूँजी ३ अर्ब २० करोड ८८ लाख रुपैंया तथा जगेडा कोष ९० करोड ९० लाख रुपैंया छ । उता २ अर्ब रुपैंया चुक्ता पूँजी भएको ग्राण्ड बैंकको जगेडा कोष १ अर्ब ३४ करोड ७७ लाख रुपैंयाले नकरात्मक छ ।

प्रभु बैंकको प्रतिशेयर आम्दानी २५ रुपैंया २८ पैसा छ भने ग्राण्डको प्रतिशेयर आम्दानी १४ रुपैंया ९१ पैसा छ । अन्तिम पटक भएको कारोबारको आधारमा प्रभु बैंकको प्रतिकित्ता शेयर मुल्य ४ सय १५ रुपैंया छ भने ग्राण्डको
१ सय ८४ रुपैंया छ । गत वर्षको माघदेखि ग्राण्ड बैंकको शेयर कारोबार रोक्का भएकोमा गत अशोजदेखि प्रभु बैैकको पनि शेयर कारोबार रोक्का भएको थियो ।

अन्य सुचांकहरुमा प्रभुको मुल्य आम्दानी अनुपात १६ दशमलव ४२ प्रतिशत, तरलता अनुपात ४१ दशमलव ३१ प्रतिशत र प्रतिशेयर नेटवर्थ १ सय २८ रुपैंया ३३ पैसा रहेको छ । उता ग्राण्ड बैंकको मुल्य आम्दानी अनुपात १२ दशमलव ३४ प्रतिशत, तरलता अनुपात ५ दशमलव ८३ प्रतिशत र प्रतिशेयर नेटवर्थ ३६ रुपैंया ६२ पैसा रहेको छ ।

बुधबार मध्यान्हदेखि दुवै बैंकका सबै सेवा बिहीबार बेलुकासम्मका लागि बन्द गरि प्रभु बैंकका नामबाट शुक्रबारदेखि एकिकृत कारोबार सुरु हुँदैछ ।

सम्बन्धित सामग्रीहरु ...

डेढ दिन सबै कारोबार बन्द गरि ग्राण्डलाई मिसाएर प्रभु बैंकले शुक्रबारदेखि एकिकृत कारोबार थाल्ने

ग्राण्डसँगको मर्जरपछि प्रभु बैंकले माघ २९ गतेदेखि एकिकृत कारोबार थाल्ने, फागुनमा २० प्रतिशत हकप्रद

प्रभु र ग्राण्ड बैंकको मर्जरलाई राष्ट्र बैंकले दियो अन्तिम स्वीकृति, फागुन पहिलो साताबाट एकिकृत कारोबार हुने

एक्कासी किन रोकियो प्रभु बैंकको शेयर कारोबार ?

यस्तो छ प्रभु बैंकको पूँजी वृद्धि योजना

ग्राण्डमा यसरी चरितार्थ हुँदैछ लातको भुत बातले मान्दैन भन्ने उखान

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

........................................................................................................................................................................................

राधी विद्युत कम्पनीेले खारे खोला जलविद्युत आयोजनामा समेत लगानी गर्ने

comments powered by Disqus

नयाँ ब्रोकर कमिशन आजदेखि लागू हुने

May 14, 2024 09:07 AM

जेठ १ गते (आज) देखि नयाँ ब्रोकर कमिसन दर लागू हुँदैछ। नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची १४ मा गरेको हेरफेर अनुसार आजदेखि नयाँ ब्रोकर कमिशन लागू हुने भएको हो।