युनाइटेड मोदीले २८ लाख ७५ हजार कित्ता साधारण सेयर निष्कासन गर्दै

Jun 23, 2016 Mero Lagani



युनाइटेड मोदी हाइड्रोपावरले सर्वसाधारणका लागि सेयर निष्कासनको तयारी गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरका  २८ लाख ७५ हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो । कम्पनीले निष्कासन गर्न लागेको साधारण सेयरलाई नेपाल इक्राले आईपीओ ग्रेड ३ प्रदान गरेको छ ।

 

कम्पनीले ११ लाख ५० हजार कित्ता सेयर आयोजना प्रभावित स्थानीय बासिन्दा र १७ लाख ७५ हजार कित्ता सेयर सर्वसाधारणलाई निष्कासन गर्ने भएको हो । कम्पनीका प्रबन्ध सञ्चालक सुधीरप्रसाद तिमल्सिनाका अनुसार कुल १ अर्ब १५ करोड रुपैयाँ पुँजीमध्ये २५ प्रतिशत सर्वसाधारण र ७५ प्रतिशत संस्थापकको लगानी रहने छ ।

युनाइटेड मोदीले १० मेगावाट क्षमताका तल्लोमोदी १ जलविद्युत् आयोजना ०६९ मंसिरदेखि सञ्चालनमा ल्याएको छ । कम्पनीले १०.५ मेगावाटको तल्लोमोदी–२ निर्माण आगामी मंसिरदेखि सुरु गर्देछ । यो आयोजनाबाट आगामी ०७६ असारसम्म बिजुली उत्पादन गर्ने लक्ष्य कम्पनीले लिएको छ । दुवै आयोजना निर्माणपछि युनाइटेड मोदीको जडित क्षमता २०.५ मेगावाट हुनेछ ।

आयोजनाबाट उत्पादन हुने बिजुली नेपाल विद्युत् प्राधिकरणले खरिद गर्ने (पीपीए) सम्झौता भइसकेको छ । आयोजनामा सिटिजन्स बैंकको अगुवाइमा ऋण लगानी हुने भएको छ ।

 

....................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

...............................................................................................................................................................

 १५ करोडको साधारण शेयर निष्कासन गर्ने सीईडीबी हाइड्रोको तयारीे,कसुवाखोला आयोजनाको अध्ययन सुरु




शेयर बजार र घर जग्गमा लाग्ने कर बढ्यो, विदेश पढ्न जानेमाथि थप भार

May 29, 2026 08:11 PM

आर्थिक वर्ष २०८३/८४ को नयाँ बजेटसँगै सरकारले ल्याएको आर्थिक विधेयक र मन्त्रिपरिषद्को पछिल्लो निर्णयले नेपालको कर प्रणालीमा ठूलो फेरबदल ल्याएको छ।