
बेर्डले विज्ञप्ती जारी गर्दै धितोपत्र बजारमा दैनिक उजुरी पर्ने क्रम बढेको अवस्थामा बजारलाई मर्यादित बनाउन सुपरिवेक्षण तथा छानबिन समिति गठन गरिएको जनाएको छ ।
‘धितोपत्र बजार विगत भन्दा व्यापक भई सर्वसाधारण लगानीकर्ता, सूचीकृत संगठित संस्था, धितोपत्र कारोबार, धितोपत्र व्यवसायीको संख्या बढ्न गएको तथा बजारको दायरा समेत फराकिलो भएको परिप्रेक्ष्यमा बजारको सुपरिवेक्षण गर्ने कार्य थप चुनौतीपूर्ण हुदै गएको तथा धितोपत्र बजारमा विभिन्न किसिमका उजुरी, समस्या तथा गुनासाहरु बोर्डमा प्राप्त हुने क्रममा तीव्रता आएको छ भने अर्कोतर्फ धितोपत्र बजारको बढदो आकार सँगसँगै जोखिम बढनुका साथै स्रोत नखुलेको रकम समेत बजारमा आएको आशंका विभिन्न पक्षहरुबाट गरिएको छ । धितोपत्रको राफसाफ तथा फछ्यौंट कार्यको सहजीकरण सँगसँगै विगत केही समय देखि धितोपत्र दोस्रो बजारमा हुने कारोबारको संख्या तथा रकममा समेत बृद्धि भएको र हाल दैनिक रुपमा एक अर्ब भन्दा बढीको कारोबार भैरहेको छ ।’ बोर्डद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।
‘हालको कारोबार संख्या र रकमको वृद्धिलाई हेर्दा धितोपत्र बजारमा समेत स्रोत नखुलेको रकम पनि प्रशस्त लगानी भएको आशंकालाई दृष्टिगत गरी सम्पत्ति शुद्धीकरण सम्बन्धी विषयमा तथा धितोपत्र दलालले ग्राहकसँग गरेको कारोबार मोडालिटी सम्बन्धमा अध्ययन तथा छानविन गर्न बोर्डको सुपरिवेक्षण तथा अनुसन्धान विभागका प्रमुख कार्यकारी निर्देशकको संयोजकत्वमा, बोर्डको कानुन तथा प्रबलीकरण महाशाखा, नियमन महाशाखा र सुपरिवेक्षण महाशाखाका निर्देशकहरु रहने गरी एक सुपरिवेक्षण तथा छानविन समिति गठन गरिएको छ ।
अध्ययन तथा छानविनलाई प्रभावकारी बनाउन उक्त समितिमा आवश्यक्तानुसार नेपाल सरकार, अर्थ मन्त्रालय, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग तथा नेपाल प्रहरी, केन्द्रीय अनुसन्धाग विभाग र अन्य विज्ञहरु समेतलाई आमन्त्रण गर्ने व्यवस्था गरिनुका साथै उक्त समितिले एक महिनाभित्र प्रतिवेदन पेश गर्ने व्यवस्था गरिएको छ । तत्पश्चात सो समितिले धितोपत्रको कारोबार, सम्पत्ति शुद्धीकरण तथा बोर्डमा प्राप्त हुने उजुरीको निरन्तररुपमा सशक्त सुपरिवेक्षण तथा छानविन कार्य गरी बजारको स्वच्छता र पारदर्शीताका लागि निरन्तररुपमा कार्य गर्ने व्यवस्था गरिएको छ ।’ विज्ञप्तीमा उल्लेख छ ।
..............................................................................................................................................................
डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।
....................................................................................................................................................................
मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक, ट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।