गत आर्थिक वर्षमा लघुवित्त कम्पनीहरुले कस्तो गरे प्रगती ? (तथ्यांक सहित)

Aug 18, 2016 Mero Lagani

- मूल्य आम्दानी अनुपातका आधारमा अरु सुचिकृत कम्पनीको भन्दा लघुवित्तको शेयर मूल्य माथि
गत आर्थिक वर्षमा लघुवित्त कम्पनीहरुले अघिल्लो आर्थिक वर्षको तुलनामा राम्रो प्रगती गरेको वित्तीय विबरण प्रकाशित गरेका छन् । एकाध बाहेक सबै लघुवित्त कम्पनीको प्रगती बढ्दै गर्दा बजारमा भएको शेयर कारोबारका दौरान शेयर मूल्यमा पनि वृद्धि भएको छ । मूल्य आम्दानी अनुपातलाई आधार बनाएर हेर्दा अन्य समुहका कम्पनीको तुलनामा लघुवित्तको शेयर मूल्य उच्च रहेको देखिन्छ ।

नेपाल राष्ट्र बैंकले राष्ट्रियस्तरका थोक लघुवित्त कम्पनीको चुक्ता पूँजी ६० करोड रुपैंया हुनु पर्ने व्यवस्था गरेको छ । चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक हुने क्रममा अधिकांस लघुवित्त कम्पनीहरुको शेयर मूल्य एकाएक बढेर उच्च दरमा पुगेको थियो । वित्तीय विबरण अनुसार अधिकांस कम्पनीको मुल्य आम्दानी अनुपात ३० गुणाभन्दा बढी देखिएको छ । अरु समुहमा सुचिकृत कम्पनीहरुको शेयर मूल्य अवमुल्यनको अवस्थामा रहँदा लघुवित्त कम्पनीहरुको शेयर मुल्य भने केही माथि देखिएको छ ।

केही कम्पनीले चुक्ता पूँजी भन्दा धेरै खुद नाफा कमाएका छन् भने केहीको जगेडा कोष पूँजीभन्दा धेरै रहेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा केही कम्पनीको कमाई गिरावट पनि आएको छ । लघुवित्त कम्पनीहरुले गत आर्थिक वर्षमा प्रकाशित गरेको वित्तीय विबरणका आधारमा हेर्दा यस्तो देखिन्छ अवस्था ।

..................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।