७५७ अंकले नेप्से बढ्दा १६३ अर्ब ९६ करोडको कारोबार !

Aug 26, 2016 merolagani



शेयर धितो कर्जा ३७ अर्ब ६६ करोड

गत आर्थिक बर्षमा एक खर्ब ६३ अर्ब ९६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । नेपाल राष्ट् बैंकका अनुसार २०७२ श्रावणदेखि २०७३ असार मसान्तसम्ममा उक्त रकम बराबरको शेयर किनबेच भएको हो । यो रकम अघिल्लो आर्थिक बर्षको तुलनामा १५१ प्रतिशतले बढी हो । साथै यसअवधिमा नेप्से परिसूचक ७५७ अंकले उकालो लागेको छ ।

गतआर्थिक बर्षको अन्तयसम्ममा अर्थात असार मसान्त सम्ममा नेप्से १,७१८.२ विन्दुमा पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा नेप्से ९६१.२ विन्दु रहेको थियो । एकबर्षको अवधिमा नेप्से ७५७ अंकले बढेको हो ।

बैंक तथा वित्तीय संस्थाहरुको पुँजी वृद्धि गरिने नीति अगाडि सारिएको, २०७२ माघदेखि कागजरहित शेयर (डिम्याट) प्रणालीबाट मात्र कारोबार भएको तथा लगानीकर्ताहरुमा राजनीतिक संक्रमण अन्त्य हुने अपेक्षा बढ्दै गएको कारण शेयर बजार परिसूचक उच्चदरमा बढेको राष्ट् बैंकको भनाई छ ।

 

आर्थिक वर्ष २०७२/७३ मा कुल शेयर कारोबार रकम अघिल्लो आर्थिक वर्षको तुलनामा १५१ प्रतिशतले वृद्धि भई रु. १६३ अर्ब ९६ करोड पुगेको छ । डिम्याट प्रणालीबाट कारोबार भई स्टकको तरलता बढेको तथा नेप्से सूचकाङ्कमा उछाल आएका कारण कुल कारोबार रकममा उल्लेख्य वृद्धि देखिएको केन्द्रिय बैंकको भनाई छ । 

शेयर धितो कर्जा ३७ अर्ब ६६ करोड

२०७३ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूले शेयरको धितोमा प्रवाह गरेको मार्जिन प्रकृतिको कर्जा कुल कर्जाको २.२ प्रतिशत अर्थात ३७ अर्ब ६६ करोड रुपैयाँ प्रवाह गरेको केन्द्रिय बैंकले जनाएकोछ । 

....................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।




रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट

Jan 02, 2026 09:04 AM

पुस १८ गते, शुक्रबार, रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट भएको छ। कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेको हो।