इन्नोभेटिभ, सेवा विकास बैंक र आईएलएफसीओले कति गरे बोनस प्रस्ताव ?

Oct 03, 2016 Mero Lagani



गत आर्थिक वर्षको कमाईबाट आफ्ना लगानीकर्तालाई प्रतिफल बितरणको प्रस्ताव गर्ने क्रममा सोमबार २ विकास बैंक र एउटा लघुवित्तले लाभांस प्रस्ताव गरेका छन् । इन्नोभेटिभ डेभलपमेण्ट बैंक, सेवा विकास बैंक र आईएलएफसीओ लघुवित्तले लगानीकर्तालाई बोनस तथा नगद लाभांस प्रस्ताव गरेका हुन् ।

सेवा विकास बैंकको आइतबार बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई १९ प्रतिशत बोनस तथा कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांस बितरणको प्रस्ताव गरेको हो ।

त्यसै गरी इन्नोभेटिभ डेभलपमेण्ट बैंक सञ्चालक समितिले लगानीकर्तालाई २१ दशमलव ५ प्रतिशत बोनस तथा १ दशमलव १४ प्रतिशत नगद लाभांसको प्रस्ताव गरेको छ ।

उता आइएलएफसीओ माइक्रोफाइनान्सले पनि लगानीकर्तालाई ५ प्रतिशत बोनस तथा शुन्य दशमलव २६ प्रतिशत नगद लाभांसको प्रस्ताव गरेको छ ।

सबै वित्तीय संस्थाले प्रस्ताव गरेको बोनस तथा नगद लाभांस राष्ट्र बैंकबाट स्वीकृत भए पछि कम्पनीहरुको साधारण सभाले पारित गरेर लगानीकर्तालाई बितरण गर्नेछन् ।

..................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।




'हप्तामा दुई दिन बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्नुपर्छ'

May 26, 2026 12:59 PM

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आईतवार र शनिवार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन् ।