एनएमबी माइक्रोफाइनान्सको १ सय २० प्रतिशत हकप्रद कहिलेदेखि हुँदैछ निष्काशन ?

Nov 03, 2016 Merolagani



एनएमबी माइक्रोफाइनान्स (NMBMF) को हकप्रद र बोनसका लागि एकै पटक शेयरधनी पुस्तिका बन्द गरे पछि शेयर मूल्य समायोजन भएको छ । १ सय २० प्रतिशत हकप्रद तथा २५ प्रतिशत बोनस एकै पटक समायोजन भए पछि समायोजन भएको १ हजार ७ सय २२ रुपैंयाको शेयर मूल्य १० प्रतिशतले बढेर १ हजार ९ सय ४९ रुपैंया पुगेको छ ।

लघुवित्तले आगामी मंसिर ६ गतेदेखि १ सय २० प्रतिशत हकप्रद शेयर निष्काशन गर्दैछ । त्यसै गरी मंसिर १८ गतेको साधारण सभाबाट बोनस पारित गर्दैछ । लघुवित्तले सुचना प्रकाशित गरी तिहार पहिले शेयर खरिद गर्नेहरुले मात्र हकप्रद भर्न पाउने बताएको छ । लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल रहेको छ । लगानीकर्ताले पुस १० गतेसम्ममा हकप्रद भरिसक्नु पर्नेछ । १ सय रुपैंयाका दरले प्रति १० कित्ता बराबर १२ कित्ता हकप्रद भर्न पाइन्छ ।

गत आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई २५ प्रतिशत बोनस बितरण तथा हकप्रद निष्काशन पश्चात लघुवित्तको चुक्ता पूँजी १८ करोड रुपैंया नाघ्नेछ । अहिले लघुवित्तको चुक्ता पूँजी ८ करोड ६३ लाख रुपैंया छ ।

...................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

 




१९ कम्पनीले गरे लाभांश घोषणा, कुन कम्पनीको शेयर किन्दा अझै पाइन्छ लाभांश ?

Oct 08, 2025 06:00 PM

साधारणतया आर्थिक वर्ष सकेपछिकाे पहिलो ६ महिना सूचीकृत कम्पनीहरुले आफ्नो गच्छेअनुसार लाभांश बाँड्ने समय हो । कम्पनीहरुले पुस मसान्त अगाडि नै साधारण सभा गर्ने हुँदा त्यस अगाडि चौथो त्रैमासिक वित्तीय विवरण विश्लेषण गरेर लगानी गर्ने गर्दछन् ।