हकप्रद भर्न छुट्ला है, हेर्नुहोस् कुन कम्पनीको कहिलेसम्म भर्नुपर्छ ? (आवेदन फारम र विबरण हेर्ने तरिका सहित)

Dec 09, 2016 Merolagani

- परमेश्वर अधिकारी
पछिल्ला दिनमा हकप्रद निष्काशन गरेका कम्पनीहरुको हकप्रद सेयर भर्न बिर्सिनु भएको त छैन ? आजभोलि धेरै जसो कम्पनीको हकप्रदमा लगानीकर्ताको आवेदन नपर्दा हकप्रदमा नबिकेको सेयर लिलामबाट बिक्री गरेर कम्पनी फाईदामा जाँदा लगानीकर्ताहरु अवसरबाट बञ्चित भैरहेका छन् । हकप्रद जारी गरेका कम्पनीहरुका लगानीकर्ताको हितमा मेरोलगानीले यो विशेष सामग्री तयार पारेको छ । यसबाट तपाईले आफ्नो हकप्रदको विबरण जाँच्नेदेखि हकप्रदको आवेदन फारम समेत पाउन सक्नु हुन्छ ।

सबैभन्दा पहिले कुन् कुन् कम्पनीले हकप्रद जारी गरिरहेका छन्, त्यो थाहा पाउन अध्ययन गर्नुहोस् ।

के थाहा पाउनु भयो ? तपाईँसँग त्रिवेणी विकास बैंक र हिमालयन बैंकको सेयर पहिलेदेखि नै रहेको छ भने ती दुई बैंकको हकप्रद भर्न दौडिइहाल्नुस् । किनभने समय अब धेरै बाँकी छैन । अरु आठ वटा कम्पनीहरुको पनि हकप्रद भर्ने दिन छोटिँदैछ । भोलि भनेर नबस्नुस्, बिचमा अरु कामको चटारोले हकप्रद नै गुम्न सक्छ । बाँकी दुई वटा फाइनान्स छन्, जसले पुस पहिलो सातादेखि हकप्रद जारी गर्दैछन् । यसका लागि पैसाको जोहो गरेर तयारी अवस्थामा बस्नुहोस् । 

हकप्रद आवेदन गर्न सजिलो तरिका जान्नुहोस्

कतिपय लगानीकर्तालाई आफुसँग भएको शेयर र भर्नुपर्ने हकप्रदको अनुपात थाहा नहुने भएका कारण पनि हकप्रद भर्न समस्या परिरहेको हुन सक्छ । अहिले केही बैंक तथा वित्तीय संस्थाले इन्टरनेटको माध्यमबाट लगानीकर्ताले भर्न पाउने हकप्रदको विबरण हेर्न सक्ने व्यवस्था गरेका छन् ।

मेरोलगानीले खोजेको त्यस्ता सुचनाको स्रोतलाई यहाँ राखिएको छ । जहाँबाट तपाईले आफुले भर्न पाउने हकप्रदको संख्या थाहा पाउन सक्नु हुनेछ । यसका साथै अधिकांस बैंक तथा वित्तीय संस्थाले हकप्रदको आवेदन फारम पनि इन्टरनेटबाट उपलब्ध गराएका छन् । तपाईले उक्त फारम डाउनलोड गरेर प्रिन्ट गरी हकप्रदको विबरण भरेर पनि बुझाउन सक्नु हुनेछ ।

कम्पनीहरुले डाउनलोड गरेको भन्दा सिरियल नम्बर सहित संकलन केन्द्रबाट उपलब्ध गराइएको आवेदन फारमलाई प्राथमिकतामा राखेका छन् । तर आवेदन फारम पाउन नसकेका लगानीकर्ताले आफ्नो हक सुरक्षित गर्नका लागि यहाँ उपलब्ध गराइएको आवेदन फारमबाट पनि हकप्रद भर्न सक्नेछन् । इन्टरनेटबाट डाउनलोड गरिएको हकप्रद फारमबाट आवेदन गर्दा संकलन केन्द्रमा आफ्नो फारममा सिरियल नम्बर उल्लेख गराउन भने नबिर्सनु होला । 

त्रिवेणी विकास बैंक (TBBL) को हकप्रदको विबरण इन्टरनेटमा उपलब्ध छैन । विबरण थाहा पाउन बैंक वा बिक्री प्रबन्धक एस क्यापिटलमा फोन गरी बुझ्न सकिन्छ । आवेदन फारम यहाँबाट लिनुहोस् ।

काष्ठमण्डप डेभलपमेण्ट बैंक (KDBL) को हकप्रदको अवस्था थाहा पाउन यहाँ गई आफ्नो विबरण भर्नुहोस् । आवेदन फारमका लागि यो लिंकमा जानुहोस् ।

हिमालयन बैंक (HBL@) को हकप्रद कति भर्न पाइन्छ, जान्नका लागि यो लिंकमा जानुहोस् । त्यसै गरी आवेदन फारम यहाँबाट डाउनलोड गर्नुहोस् ।

जनता बैंक (JBNL) को हकप्रदको अवस्या यहाँबाट थाहा पाउनु होस् । आवेदन फारम यो लिंकमा उपलब्ध छ ।

सेती फाइनान्स (SETI) को हकप्रद कति भर्ने, अन्यौलता छ भने यो लिंकमा गएर आफुले भर्ने हकप्रद निश्चित गर्नुहोस् । आवेदन फारमका लागि यहाँ जानुहोस् ।

एनएमबी माइक्रोफाइनान्स (NMBMBSL) ले इन्टरनेटमा हकप्रदको विबरण हेर्ने व्यवस्था मिलाएको छैन । आवेदन फारम यहाँबाट लिनुहोस् ।

नागबेली लघुवित्त (NBBL) ले अनलाईनबाट हकप्रदको अवस्था हेर्ने व्यवस्था गरेको छैन । आवेदन फारमका लागि यो लिंकमा जानुहोस्

माछापुछ्रे बैंक (MBL) ले पनि अनलाईनबाट हकप्रदको विबरण हेर्ने व्यवस्था गरेको छैन । हकप्रदको आवेदन फारम यहाँबाट डाउनलोड गर्नुहोस् ।

वेष्टर्न डेभलपमेण्ट बैंक (WDBL) ले पनि अनलाईनमा हकप्रदको विबरण हेर्ने व्यवस्था मिलाएको छैन । आवेदन फारम यहाँबाट पाउन सकिन्छ ।

सेवा विकास बैंक (SEWA) को हकप्रद अनलाईनमा हेर्ने व्यवस्था गरिएको छैन । आवेदन फारम यो लिंकमा उपलब्ध छ ।

नमस्ते वित्तीय संस्था (NBSL) र सगरमाथा फाइनान्स (SAFL) को हकप्रद निष्काशन भैसकेको छैन ।

                  ... [हकप्रदको बाढी यस्तो छ,५ महिनामा धितोपत्र बोर्डले दियो २७ कम्पनीलाई स्वीकृति] ...

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

....................................................................................................................................................................

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।