तरलता संकटले बैंकहरुलाई नच्यापेको प्रमाणित, १० अर्ब बजारमा पठाउन खोज्दा साढे तीन अर्ब मात्र लिने देखिए

Jan 08, 2017 Merolagani



तरलता संकटले बैंक तथा बित्तीय संस्थाहरुलाई वास्तवमै नच्यापेको प्रमाणित भएको छ । नेपाल राष्ट्र बैंकले आईतबार १० अर्बको रिपो जाारी गर्न खोजेकोमा पाँच वटा बैंक तथा बित्तीय संस्थाले जम्मा तीन अर्ब ४९ करोड मात्र लिने प्रस्ताव गरेका छन् ।

राष्ट्र बैंकले १४ दिने अवधिको ४.८७ प्रतिशत ब्याज दर भएको १० अर्बको रिपो जारी गर्न खोजेको थियो । बजारमा पठाउन खोजिएको रकम भन्दा धेरै कम मात्र लिन बैंक, बित्तीय संस्थाहरु तयार भएकाले उनीहरुलाई अल्पकालीन रकम नचाहिएको प्रमाािण्त भएको हो ।

हुन त यसअघि पुस २० गते राष्ट्र बैंकले ४.८७ प्रतिशत ब्याज दरमै २० अर्बको रिपो जारी गर्न खोजेकोमा मेगा बैंकसहित दुई संस्थाले मात्र एक अर्ब ९० करोड रुपैयाँ लाने कबुल गरेका थिए ।

बैंकहरुको कर्जा निक्षेप अनुपात ८० प्रतिशत पुगिसकेको अबस्थामा थप कर्जा परिचालन गर्न दीर्घकालीन तरलता आबश्यक रहेको बैंकरहरुले बताएका छन् । १४ दिने छोटो अबधिको रकमले बैंकहरुको आबश्यकता पुरा नगर्ने उनीहरुको भनाई छ ।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।