प्राईमले किनेको विराटलक्ष्मी र कन्ट्रीको कस्तो भयो प्रगति ?

Apr 26, 2017 merolagani

प्राईमले किनेको विराटलक्ष्मी विकास बैंक (BLDBL) र कन्ट्री डेभलपमेन्ट बैंक (CNDBL) ले चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा गतिलो प्रगति विवरण सार्वजनिक गरेका छन् । विराटलक्ष्मीले चार करोड ७४ लाखबाट झण्डै ९५ प्रतिशतले खुद नाफा बढाएर नौं करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । उता कन्ट्री डेभलपमेन्ट बैंकले समेत आफ्नो खुद नाफा गत अघिल्लो चैतमा ८६ लाख रुपैयाँ रहेकोमा चमत्कारिक परिवर्तन देखाएर तीन करोड ३० लाख रुपैयाँ पुर्याएको छ ।

हाल ५० करोड ४० लाख रुपैयाँ चुक्ता पूँजी रहेका विराटलक्ष्मीकोे जगेडा कोषमा १८ करोड ९६ लाख रुपैयाँ सञ्चित रहेको छ । बैंकले यस अवधिमा चार अर्ब ६७ करोड रुपैयाँ निक्षेप संकलन गरि तीन अर्ब ४७ करोड कर्जा लगानीबाट २२ करोड ५२ लाख रुपैयाँ कमाएको छ । १४ करोड ४९ लाख सञ्चालन नाफा कमाएको बैंकले दुई करोड ३२ लाख रुपैयाँ संम्भावित जोखिमका लागि प्रोभिजन गरेको प्रतिवेदन निकालेको हो । 

यता बनेपामा केन्द्रिय कार्यालय रहेको कन्ट्रीले चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा गत बर्षको सोही अवधिको तुलनामा व्याज आम्दानी, निक्षेप संकलन, कर्जा परिचालनमा उल्लेख्य प्रगति गरेपछि खुद नाफा तीन दशमलव ८४ गुणा बढेर तीन करोड ३० लाख रुपैयाँ पुगेको छ । समिक्षा अवधिमा कन्ट्रीले एक अर्ब २७ करोड निक्षेप संकलन गरि एक अर्व ३४ करोड रुपैयाँको कर्जा लगानी गरि सात करोड २७ लाख खुद व्याज आम्दानी कमाएको छ ।

३८ करोड ७० लाख रुपैयाँ चुक्ता पूँजी रहेको कन्ट्रीको जगेडा कोषमा सात करोड ४५ लाख रुपैयाँ सञ्चित रहेको छ । बैंकको सञ्चालन नाफा चार करोड २७ लाख रुपैँया पुगेको छ । संम्भावित जोखिमका लागि ९३ लाख प्रोभिजन गरेको बैंकले ९० लाख रुपैँया राईटव्याक समेत गरेको छ ।

विराटलक्ष्मीको प्रतिसयेर आम्दानी २४.४० रुपैयाँ, प्रतिसयेर नेटवर्थ १३७.६३ रुपैयाँ, र तरलता अनुपात ३२.०९ प्रतिशत र मूल्य आम्दानी अनुपात १६.९२ गुणा रहेको छ । गत बर्षको तेस्रो त्रैमासमा निष्कृय कर्जा अनुपात २.७३ प्रतिशतमा रहेकोमा हाल १.३५ प्रतिशतमा सिमित गरेको छ ।

कन्ट्री डेभलपमेन्ट बैंकले ९.२५ प्रतिशत निष्कृय कर्जालाई समिक्षा अवधिमा ३.४२ प्रतिशतमा घटाउन सफल भएको छ । बैंकको प्रतिसयेर आम्दानी ११.३७ रुपैयाँ, प्रतिसयेर नेटवर्थ १२९.३३ रुपैयाँ, र तरलता अनुपात २७.२२ प्रतिशत रहेको छ ।

बिराटलक्ष्मी र कन्ट्रीले निकालेको यो वित्तीय विबरण अन्तिम हो । दुबै बैंकलाई एक्वायर गरि प्राईमले बैशाख १७ गते आईतबारदेखि एकिकृत कारोबार थाल्दैछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।