तेस्रो त्रैमासमा कैलाश र कसमसको नाफामा उल्लेखीय बढोत्तरी

May 03, 2017 merolagani

चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा कैलाश विकास बैंक (KBBL) ले ३६ करोड ७९ लाख खुद नाफा गरेको छ । त्यस्तै कसमस डेभलपमेन्ट बैंक (CSDBL) ले तेस्रो त्रैमासमा एक करोड ७२ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत आर्थिक बर्षको यसैअवधिको तुलनामा  कैलाशले ७२.९३ प्रतिशत  र कसमस ८५ प्रतिशतले खुद नाफा बढाएका छन । 

हाल कैलाशको चुक्ता पूँजी एक अर्ब ९७ करोड रुपैयाँ र जगेडाकोषमा ८३ करोड ७० लाख  रुपैयाँ सञ्चित रहेको छ ।

समिक्षा अवधिमा बैकले १६ अर्ब ८४ करोड ७१ लाख रुपैयाँ निक्षेप संकलन गरि १४ अर्ब ६८ करोड ३३ लाख रुपैयाँ कर्जा लगानीबाट ६७ करोड पाँच लाख खुद व्याज आम्दानी कमाएको छ ।

बैकले संम्भावित जोखिमका लागि  छ करोड रुपैयाँ व्यवस्था गरेको छ भने दुई करोड ३२ लाख राईटव्याक गरेको छ ।

त्यस्तै दश करोड रुपैयाँ चुक्ता पूँजी रहेको कसमसको जगेडाकोषमा चार करोड रुपैयाँ सञ्चित रहेको छ । समिक्षा अवधिमा बैकले ६१ करोड ३० लाख रुपैयाँ निक्षेप संकलन गरि ६० करोड ३५ लाख रुपैयाँ कर्जा लगानीबाट तीन करोड ९६ लाख खुद व्याज आम्दानी कमाएको छ । बैकले संम्भावित जोखिमका लागि  १९ लाख ४० हजार रुपैयाँ व्यवस्था गरेको छ ।

कैलाशको प्रतिसेयर आम्दानी २४.८४ रुपैयाँ, निष्कृय कर्जा अनुपात शुन्य दशमलव ९३ प्रतिशत, प्रतिसेयर नेटवर्थ १४२.३७ रुपैयाँ, तरलता अनुपात २७.२९ प्र्रतिशत र मूल्य आम्दानी अनुपात १६.१८ गुणा रहेको छ ।

यस अवधिमा कसमसले निष्कृय कर्जा अनुपातलाई घटाएर शुन्य दशमलव २६ प्रतिशतमा झारेको छ । बैंकको पूँजी बढेअनुरुप कमाई बढ्न नसक्दा गत बर्ष २४.७३ रुपैयाँ प्रतिसेयर आम्दानी रहेकोमा केही घटेर २२.९० रुपैयाँ कायम भएको छ । बैंकको प्रतिसेयर नेटवर्थ १३९.७८ रुपैयाँ, तरलता अनुपात २३.३० प्रतिशत र मूल्य आम्दानी अनुपात १८.६९ गुणा रहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।